मङ्गलबार, १७ असार २०८२

बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर

राजेन्द्र विक /बाजुरा: जिल्लाकाे बुढिगंगा नगरपालिका वडा नम्बर ९ कार्कितोला र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयबागेश्वरीमा एकदिने निस्शुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न भएको छ।बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय,भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको प्राबिधिक सहयोग तथा गिफ्ट बाजुराको आयोजनामा सो एक दिने पशु स्वस्थ्य शिविर  संचालन गरिएको छ।
शिविरमा गाई,गोरु,भैंसी र बाख्रामा हुने विभिन्न खालका रोगहरुको  चेकजाँच तथा उपचार गरि आन्तरिक तथा बाह्य परजिबिका लागि भ्यक्सिन लगाइएको र जुका,खोकी,निमोनिया, र विभिन्न प्रकारका भिटामिन वितरण गरिएको भेटेनरी अस्पताल बाजुराका पशु प्राबिधिक हस्त बहादुर शाहिले बताउनुभयो ।
आन्तरिक तथा बाह्य परजिबिका लागि लगाइएको खोप तथा उपचार सेवाले पशुमा हुने महामारी कम्तिमा २ बर्ष सम्म हुन नदिने हुँदा  शिविर संचालनले स्थानिय पशुपालक किसान खुशी भएका छन्। शिविरमा बुढिगंगा(९कार्कितोला र खप्तड छेडेदह(२जयबागेश्वरी क्षेत्र भित्रका करिब ४ सय जना किसानका ५ हजार भन्दा बढी पशुमा भ्याक्सिन लगाउनुका साथै चेकजाँच, र उपचार गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस