बाजुरा: बाजुराको बाम्का बजारका अग्नीपीडितलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तिनलाख भन्दा बढि आर्थिक सहयोग गर्नु भएको छ । बाजुराबाट निर्वाचित माननीय मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयबाट ३ लाख ४५ हजार ७ सय ६५ रुपैयाँ सहयोग गरिएको स्वकिय सचिव तालबहादुर रावतले बताए । उहाँका अनुसार पर्यटन मन्त्रालय र मातहतका निकायबाट बाम्काका अग्नीपिडितका लागी राहत संकलन गरि राहत स्वरुप सहयोग गरेको छ ।
राहत संकलन तथा व्यवस्थापन समितिको बैंक खातामा जम्मा भइसकेको स्वकिय सचिव रावतले जानकारी गराउनु भएको छ । पर्यटन मन्त्रालयका मन्त्री, कर्मचारी सहित पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मी लगायत कर्मचारीहरुबाट उक्त रकम सहयोग गरिएको थियो । मन्त्री पाण्डे बाम्का बजारमा आगलागी भएको २४ घण्टा नबित्दै घटनाको जानकारी लिन स्थलगत निरीक्षण बाजुरा पुग्नुभएको थियो ।
२०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग भएको छ । बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म ७८ लाख बढी रकम संकलन भएको छ । राहात संकलन अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन टहरा निर्माण कार्य भइरहेको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा १९ करोड भन्दा बढी क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस