बुधबार, १८ असार २०८२

बाम्का बजारका आगलागी पिडितलाई नेपाली काँग्रेस बाजुराद्धारा सहयोग

बाजुराः नेपाली काँग्रेस बाजुराले बुढीगंगा नगरपालिका वडा नं ६ बाम्का बजारका आगलागि पिडीतका लागि राहात स्वरुप ५६ हजार ८ सय २० रुपैँया सहयोग गर्नु भएको छ ।  जेठ २३ गते बाम्का बजार स्थित नवदुर्गा होटलमा ग्यास सिलिण्डर पड्किएर भिषण आगलागि वाट  क्षती भएको आगलागी पिडितहरु लाई सहयोग गरीएको पाटी उपसभापती पदम बडुवाल बताएका छन् ।

आगालागि पिडीतको पुर्नस्थापनाका लागि आह्व गरेको काँग्रेस बाजुराले पिडीतलाई थोरै भएपनि राहात होस् भनि नेपाली काँग्रेस बाजुराका पार्टी सभापती रामसिंह रावल, उपसभापती पदम बडुवाल लगायतका नेताहरु बिहीबार आफै पुगेर राहात पिडीतलाई हस्तान्तरण गरेका थिए ।

२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब दुई दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा १९ करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस