शनिबार, ३१ जेठ २०८२

धनगढीमा सर्पको टोकाइबाट शिक्षिकाको मृत्यु

धनगढी : कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहिवार सर्पले टोकेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो । अवस्थी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस