शुक्रबार, ३० जेठ २०८२

अनेरास्ववियुको अनुशासन आयोग सदस्यमा कैलालीका अभिषेकको उम्मेदवारी

बाजुरा : कैलालीका अभिषेक चौधरीले अनेरास्ववियुको अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका छन् । जेठ २५ गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २४ औं महाधिवेशनमा अभिषेकले अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका हुन् । 

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि विहिबार विहानदेखि मतदान हुँदैछ । पोखरा वन विज्ञान कलेजमा पढ्दै गरेका चौधरीले शैक्षिक सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । 

शैक्षिक सुधारको आन्दोलन आवश्यक छ । त्यो अनेरास्ववियुको अगुवाईमा मात्रै संभव देखिन्छ । त्यसकारण वन विज्ञान पढ्दै गर्दा मैले अनेरास्ववियुको राजनीतिमा छिर्न अनुशासन आयोगको सदस्यमा उम्मेदवारी दिएको हो, यो सुरुवाद हो, चौधरीले भने ।

अभिषेक चौधरी हाल पोखरा वनविज्ञान कलेजको प्रारम्भीक कमिटी अध्यक्ष हुन् । सदस्यबाट कमिटीमा प्रवेश गरेका चौधरी यस अघि उपाध्यक्ष थिए । विद्यालय स्तरको पढाइकै समयमा पनि अनेरास्ववियुका गतिविधीमा सक्रिय रहने चौधरीले आफ्नो पक्षमा मतदान हुनेमा विश्वास गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन काठमाडौँस्थित कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबीच गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस