बिहिबार, २९ जेठ २०८२

नेपाल मानव अधिकार बर्ष पुस्तकको पूर्व अर्धबार्षिक समिक्षा

बाजुरा-  मानव अधिकार पुस्तक वर्ष २०२६ को पुर्व अर्ध वार्षिक समीक्षा कार्यक्रममा द्धन्द्धकालमा मानव अधिकारले खेलेको भूमिका प्रशंसनीय रहेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाध्याले कोही व्यक्तिलाई कुनै पनि अधिकारबाट बञ्चित गर्न नहुने धारणा व्यक्त गरेका छन् । प्रत्यक्ष रुपमा कुनै व्यक्तिलाई मात्र भन्दा पनि विकास निर्माणमा अवरोध पुर्याउने,काम पनि मानव अधिकार भित्र पर्ने गरेको पाध्याकाे भनाई रहेको छ । मानव अधिकार सिमितका लागि मात्र नभइ अनन्तसम्म रहने भएकाले यस्ता कार्य कसैले नगर्न प्रजिअ पाध्याले आग्रह गरेका छन् ।अव्यवस्थित जाँड,रक्सी र मदिरा व्यवस्थापनका कारण पनि मानव अधिकार हनन् हुने गरेको पाध्याले भनाइ रहेकाे छ। 
इन्सेक बाजुराले आज आयोजना गरेको मानव अधिकार पुस्तक २०२६ को पुर्व अर्ध वार्षिक समीक्षा कार्यक्रममा जवरजस्तीकरणका ३,घरेलु हिंसा ९,हिरासतमा रहेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको १ र बहु विवाह २ जनाको घटनामा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्सेक जिल्ला प्रतिनिधी पदमबहादुर सिंहले सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदनमा उक्त घटना भएकाले लेखिएको थियाे । 

पूर्व समिक्षा कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय उपनिरिक्षक इकवाल हवारी, राष्ट्रिय अनुसन्धान अधिकृत सुमन कुमार भण्डारी, नेपाल पत्रकार महासघ बाजुराका सचिव प्रेमबहादुर रौले लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेका थिए  ।  

प्रतिक्रिया दिनुहोस