बिहिबार, २९ जेठ २०८२

खप्तड छेडेदहले बाम्काका आगलागी पिडितलाई आर्थिक सहयाेग

बाजुरा: बाम्का बजारका आगलागी पिडितलाई खप्तड छेडेदह गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।गाउँपालिकाले एक सूचना जारी गर्दै अग्नी पिडितहरुलाई राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको गाउँपालीकाले जनाएको छ।
 आगलागीबाट भएको जनधनको क्षती प्रती गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।यस दुःखत घडीमा स्थानीय व्यवसायीको जिविकोपार्जनमा भएको असर प्रती दुःख प्रकट गर्दै गाउँपालिकाले उनीहरुको राहत,उद्दार तथा पुनस् व्यवसाय सञ्चालन गर्नको लागी गाउँपालिकाले सङ्घ र प्रदेशमा आवश्यक पहल गर्ने बताएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आवश्यक सहयोग गर्नु पर्ने गाउँपालिका द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अग्नीबाट पिडितहरुका लागि राहत वितरण तथा पुनस्स्थापनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम सहयोग गरिएको छेडेदह गाउँपालिकाले जनाएको छ । विपत्ती आएका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन्।

बाम्का आगलागी पिडितको लागी अन्य पालिकाहरुले पनि आर्थिक सहयोगको प्रतिकद्दता गरेका छन्। अग्नि पिडितको लागी त्रीबेणी नगरपालिकाले १० लाख,बुढिगङ्गा नगरपालिकाले ५ लाख,हिमाली र स्वामिकार्तिक गाउँपालिकाले पनि एकरएक लाख बढि रकम सहयोग गर्ने भएका छन्। साथै प्रदेश सरकारले ४० लाख सहयोग गर्ने भएको छ । जिल्ला स्थिति सरोकारवाला निकाय,विभिन्न सङ्घ संस्थाहरुले सहयोग गर्ने जनाएका छन्।

त्यस्तै उक्त आगलागीबाट १९ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस