धनगढी: नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले मिडिया कमजोर हुँदा राज्य उत्तरदायी नबन्ने बताउँदै मिडियालाई सबल बनाउन सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
धनगढीमा सोमबार महासङ्घको कैलाली शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भनिन्, “मिडिया बलियो नभए राज्यले सुन्दैन। त्यसैले मिडियालाई बलियो बनाउन हामी सबैले भूमिका खेल्नुपर्छ।”
उनले वर्तमान मिडिया क्षेत्र न्यू मिडियाको प्रभावमा परेको उल्लेख गर्दै तथ्यपरक र प्रभावकारी सामग्री उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिइन्।“पत्रकारिता अब पुरानो ढाँचामा सीमित छैन, समयअनुसार यसको आयाम परिवर्तन हुँदै गएको छ,” उनले , “अब पत्रकार महासङ्घले पनि नयाँ तरिकाले काम गर्दै,मिडियाको स्थिरता, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितका विषयमा अझ गम्भीर हुनु पर्नेमा जोड दिइन्।”
प्रतिक्रिया दिनुहोस