शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता

बाजुरा : स्वामिकात्र्तिक खापर गाउँपालिकामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया श्रीमति गुवा बिक रहेकी छन् । विक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो । प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ । बाजुरामा हिजो मात्रै भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस