बुधबार, १८ असार २०८२

बाम्का बजारका व्यवसायीले संकलन गरेको रकम अग्नीपीडितलाई हस्तान्तरण

बाजुरा: बाम्का बजारका आगलागी पिडित लाई आर्थिक सहयोग संकलन गरेको छ  ।  बाम्का बजारका व्यवसायीले संकलन गरेको रकम पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।बाम्का बजारका व्यवसायी टेक बहादुर बुढाको संयोजकत्वमा आर्थिक संकलन गर्न जुटेको टिमले ९ लाख ३ हजार २ सय ८० रुपैयाँ संकलन गरेको छ । उक्त रकम घटनास्थलमै स्थानीय जनप्रतिनिधिहरुको रोवहरमा अग्नीपीडितलाई हस्तान्तरण गरिएको छ ।

व्यवसायी पुस्कर शाहका अनुसार डाब बजारदेखि बल्देसम्मका १ सय ६२ सहयोगी व्यवसायीहरुले सहयोग गरेको सो रकम हस्तान्तरण गरिएको छ ।आगलागीबाट पूर्ण रुपमा क्षति भएका १३ जनालाई ६२ हजार ५ सय ६० र आंशिक क्षति भएका ९ जनालाई १० हजारका दरले रकम हस्तान्तरण गरिएको थियो । आगलागीबाट पीडित व्यवसायीहरुलाई तत्काल राहत, पुनःस्थापना गरी पुरानै अवस्थामा ल्याउने प्रयासमा लागी रहेको बिपत बेवस्थापन समिति संयोजक तथा बुढीगंगा नगरपालीका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

व्यवसायीबाट संकलित रकम बुढीगंगाका मेयर राम बहादुर बानियाँ, त्रिवेणीका मेयर कर्ण बहादुर थापा, उपमेयर कमला न्यौपाने, वडा अध्यक्ष लगायतले पीडितलाई हस्तान्तरण गर्नुभएको छ ।शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको थियो । त्यस्तै उक्त आगलागीबाट १९ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस