मङ्गलबार, १७ असार २०८२

बाम्का बजारमा आगलागी पिडित लाई हिमाली गाउँपालिकाले राहत सहयाेग

बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा आगलागी पिडित लाई हिमाली गाउँपालिकाले राहत स्वरुप एक लाख एघार हजार एघार रुपैयाँ सहयोग गर्ने भएको छ । 
हिजो बसेको  गाउँपालिकाको बैठकले आगलागीबाट बाम्का बजारका पसलमा  क्षतिप्रति दुःख व्यत्तः गर्दै पिडितलाई राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनु भयो  । 
आइतबार गाँउपालीकामा बसेको बैठकले सो रकम दिने निर्णय गरेको  छ । आज जारी गरिएको विज्ञप्तीमा बाम्का बजारमा भएको आगलागीका लागि संघ र प्रदेश सरकारलाई राहत उपलव्ध गराउन पालिकाले माग समेत गरेको छ  । 
बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो ।  क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन् । यस सहयोगले पीडितलाई तत्कालिक राहत प्रदान गर्ने र पुनःस्थापनामा टेवा पुग्ने विश्वास समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस