सोमबार, २६ जेठ २०८२

दलित पत्रकार संघ बाजुरा द्वारा भित्तेपात्राे विमाेचन

बाजुरा: राष्ट्रिय दलित पत्रकार संघ बाजुराले २०८२ सालकाे भित्तेपात्राे विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाकाे सभाहलमा एक औंपचारीक कार्यक्रमका बिच दलित पत्रकार संघ बाजुराले भित्तेपात्राे विमाेचन गरेकाे हाे।

भित्तेपात्रो विमोचन कार्यक्रम संघका अध्यक्ष धनरुप कामीको अध्यक्षतामा सम्पन भएकाे हाे । बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापाकाे प्रमुख आतिथ्यमा संचालन भएकाे कार्यक्रमकाे स्वागत मनतव्य दलित पत्रकार संघका सल्लाहकार समिति सदस्य रमित विकले गरेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथि बडीमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बर महत, वडा नम्बर ३ का अध्यक्ष डबल बहादुर रोकाया, वडा नम्बर ५ का अध्यक्ष धरमपाल मिजार, वडा नम्बर ९ का अध्यक्ष सूर्यकिरण विक, पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह लगायत पत्रकारहरू सहभागी थिए।
दलित पत्रकार संघ बाजुराले प्रकाशित गरेको भित्तेपात्रोमा  दलित समुदायको योगदान, सामाजिक जागरणका सन्देश तथा महत्त्वपूर्ण सूचनाहरू समेटिएको  छ।

प्रतिक्रिया दिनुहोस