बाजुरा: बाम्का बजारका आगलागी पीडितका लागि बुढीगंगा नगरपालिकाले राहत कोष स्थापना गर्ने ४४ औँ कार्यपालीका बैठकले निर्णय गरेको छ । आइतवार बसेको नगर कार्यपालिकाको बैठकले राहात कोष स्थापना गर्ने निर्णय गरेको छ ।
बाम्का बजारमा ब्यापार गर्दै आउनु भएका ३५ जना ब्यापारीहरुको गएको शुक्रवार दिउसो ३ः ३० बजे आगलागी भएर धनजनको क्षेती भएकाले उहाँलाई राहात संकलनका लागी नगर प्रमुख रामबहादुर बानियाँले पीडितहरुका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त राहत कोषमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ दिने समेत निर्णय भएको बानियाँले बताए ।
शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य जारी छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस