बाजुरा : आइतबार पुर्व प्रदेश प्रमुख देवराज जोशी,प्रदेश सभा सदस्य पदम बहादुर शाही र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य रनसिं अयडीले बाम्का आगलागी भएर ध्वस्त भएको ठाउँ बाम्का बजार अवलोकन गरेका थिए ।
शुक्रवार दिउँसो भीषण आगलागी भएर ध्वस्त भएको बाम्का बजारमै पुगेर घटनाको जानकारी समेत लिएका छन् । सो क्षेत्रको निरीक्षणपछि आगलागीबाट पीडितहरुलाई भेटेर तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमा पहल गरीने बताएका छन्।सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आगलागी पीडितका लागि राहत स्वरुप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
पीडितहरुका लागि जिल्लाका बुढीगंगाले पाँच लाख, त्रिवेणीले दश लाख र स्वामिकार्तिकले एक लाख एक हजार एक सय राहत दिने निर्णय गरेको छ । भने बुढीनन्दा नगरपालिकाले एक लाख सहयोग गरीसकेको राहात संकलनका संयोजक बुढिगंगा नगरपालीका नगरप्रमुद रामबहादुर बानियाले बताएका छन्।
शुक्रवार दिउँसो ३ः३० बजे बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँुदा ३५ पसलहरुमा क्षति भएको थियो ।
क्षेतिको बिवरण लिन शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको बिबरणमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस