आइतबार, २५ जेठ २०८२

त्रिवेणी नगरपालीकाले बाम्काका आगलागी पिडितलाई दश लाख सहयोग गर्ने

बाजुरा:  जिल्लाको बुढीगंगा नगरपालिका वडा न ६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई त्रिवेणी नगरपालिकाले दश लाख सहयोग गर्ने भएको छ । 
सनिवार त्रिवेणी नगरपालीकाको बैठकले आगलागीबाट प्रभावित बनेका पिडितहरुलाई राहत कोष व्यवस्थापन समितिको खातामा जम्मा गर्ने बताएका छन् ।आगलागीबाट बाम्का बजार नै ध्वस्त भएकाले अग्नी पिडितलाई राहतका लागि उक्त रकम दिने निर्णय भएको नगर प्रमुख कर्णबहादुर थापाले जानकारी दिनुभएको छ । 
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । 
समितिले सिद्धार्थ बैंकमा खाता संचालन गरी सोही खातामा रकम जम्मा गरेर अग्नी पिडितलाई राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताउनु भएको छ ।
राहत कोषमा अन्य पालिका र विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने थालेको छन् । आगलागीबाट ठुलो नोक्सानी भएकाले सबैलाई सहयोगमा लागि राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँले अपिल गर्नुभएको छ।

बाम्कामा  एक महिनाभित्र टहराहरु निर्माण गरी बजार संचालनमा आउने गरी काम सुरु गरिएको नगर प्रमुख तथा राहत कोष व्यववस्थापन समितिका संयोजक बानियाँको बताए । 

प्रतिक्रिया दिनुहोस