काठमाण्डूाै : एमाले स्थायी समिति सदस्य कर्ण थापाले पार्टीले सामाजिक सञ्जालमा चलाएको झोले अभियान निन्दनीय भएको टिप्पणी गरेका छन् ।एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट थापाले उक्त अभियानलाई लज्जास्पद र कम्युनिष्ट आन्दोलनविरोधी ठूलो षड्यन्त्रका रुपमा अथ्र्याए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ भन्ने उक्त अभियान एमालेको तल्लो तहसम्म पुगेको छ ।थापाले एमालेमा झोले नभई मूल्य, मान्यता, सिद्धान्त र विचारसहितका निष्ठावान नेता कार्यकर्ताको ठूलो पंक्ति रहेको बताए । सत्ता र शक्तिको वरिपरि बसेका केही मानिसले आफूहरुले गरेका गलत गतिविधि सबै ठीक ठानिरहेको भन्दै थापाले एमाले पंक्तिले उनीहरुलाई नजिकबाट नियालीरहेको उल्लेख गरे ।
सबै मान्छे शक्ति, ओहोदा, पद र प्रतिठाका लागि ज्यान फाल्न तयार छन् भन्ने भ्रमबाट मुक्त हुन थापाले पार्टी नेताहरुलाई चेतावनी दिए ।‘झोले अभियान लज्जास्पद र कम्युनिष्ट पार्टीभित्र बसेर कम्युनिष्ट आन्दोलनविरुद्ध गरिएको ठूलो षडेयन्त्र हो’, थापाले भने, ‘मूल्य, मान्यता, सिद्धान्त र निष्ठावान एमालेका मर्कठ कार्यकर्ता झोले हुन सक्दैनन् ।’
उनले अप्ठ्यारो अवस्थामा दुःख गरेर पार्टी गोजाउन लागेको विवेकसहितको ठूलो पंक्ति झोले अभियानको पक्षमा नरहेको पनि स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस