बाजुराःनेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिको दोस्रो गाँउ सम्मेलन सम्पन्न । मंगलबार नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिको आयोजनामा गाउँपालिकाको वडा नं ४ डोगडीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
गाँउ सम्मेलनमा आगामी दिनमा गाँउघरमा सुशासन कायम गर्नका लागि गर्नुपर्ने भुमिका र आगामी आर्थिक वर्षमा नगरिकको आवश्यकताका आधारमा निति तथा कार्यक्रम र बजेट विनियोजनमा स्थानिय सरकारलाई आवश्यक सहयोग तथा समन्वय गर्ने विषयमा पनि छलफल गर्ने आयोजकले बताएको छ ।
नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समिति सभापती हर्क रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महासमिति सदस्य मान बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो, कार्यक्रममा पुर्व पार्टी सभापती कविराज पण्डित, पार्टी उपसभापती पदम बडुवााल, प्रदेश ख सभापती रंग खाती रहनु भएको थियो । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिले पाटी लाई सुसानसनको पक्षमा उभीन दोस्रो गाँउ सममेलन गरीएको पालीका सचिव प्रेम रावतले बताएका छन् ।
। खप्तड छेडेदह गाउँकार्य समितिका पदाधिकारी र खप्तड छेडेदह गाउँपालिकाका नेपाली काँग्रेसमा आसथावान् सम्पुर्णको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस