बुधबार, २१ जेठ २०८२

युवासंघको अध्यक्षमा दोहोरिएका क्षितिजले जिताए सिंगो प्यानल

नौ पदाधिकारी मध्ये ८ थेबे प्यानले जितिरहँदा पुरि प्यानलका अरुण कुँवरले पनि जितेका छन् ।

बाजुरा : काठमाडौं नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । उनले अध्यक्षमा प्रत्यासी वर्तमान महासचिव सुमन पुरीलाई पराजित गरेका हुन् ।

यद्यपि मतपरिणाम भने आइसकेको छैन । अन्तिम नतिजाअनुसार थेबेले ७९६ मतसहित जित पक्का गरेका हुन् । उता उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याएका छन् । उनीहरूबीच १८८ मतको फरक देखिएको छ ।

परिणामअनुसार युवासंघमा थेबे नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । महाधिवेशनलाई चुनावसम्म लैजान मिहिनेत गरेको पुरी नेतृत्वको प्यानल नै पराजित भएको छ । अध्यक्षमा थेबे सहीत उनकै प्यानलका उपाध्यक्ष महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिव उपेन्द्र शाही, सचिव निसा लिम्बू, मोविन अख्तर अलाम, र देबु बस्नेत विजयी भएका छन् । 

पुरि प्यानलबाट अरुण कुँवर विजयी भएका छन् । नौ जना पदाधिकारी मध्ये आठ थेबे प्यालनबाट र १ पुरी प्यानलबाट जितेका छन् । पुरी प्यानलबाट जितेका कुँवर यस अघि सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए । 

पुरीलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेले कार्यकाल दोहो¥याएका हुन् ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भए । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेका थिए ।

प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको थियो । त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो । 

एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस