बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटनाका घाईते दुवै जनालाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएकाे छ । अाज विहान जीप दुर्घटनामा परि घाईते भएका बुढीनन्दा २ का नन्द बहादुर तिरुवा र लोकेन्द्र तिरुवा घाईते भएका छन भने तीन जनाको घटना स्थलमै मृत्यु भएको थियाे ।
मृत्यू हुनेमा नेपाल टेलिकम दुरसंचार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत, र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले जानकारी दिएका छन् ।
घाईतेहरुलाई कोल्टि अस्पतालमा उपचार सम्भब नभएपछि नेपालगज्न रिफर गरिएको कोल्टि अस्पतालले जान्कारी दिएकाे छ । घाईतेको टाउकोमा र शरिरमा गभिर चोट लागेकोले रिफर गरिएको बताएकाे छ । बा ५ च २२०९ नम्बरको जीपमा सवार टोली जगन्नाथ गाउँपालिकामा रहेको टेलिकमको टावर मर्मतको लागि अाज बिहान मार्तडी बाट हिडेका थिए ।
नेपाल दुरसंचार प्राधिकरणको टोली सवार जीप सडकबाट करिब ८० मिटर तल खसेको थियाे । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बाेहराका अनुसार प्रहरी टोली दुर्घटना बारे बुझ्न घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएका छन् । कानूनी रुपमा मुचुल्का र अन्य कामहरु गरेर मृतकहरुलाई कोल्टि अस्पताल ल्याउने तयारी भएकाे छ । घटनाकाे अनुसन्धानमा सडकको अवस्था र भौगोलिक जोखिम प्रमुख कारक हुनसक्ने बताइएको छ । बाकी अनुसन्धन भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस