बाजुरा: जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ ।
दुर्घटनामा दुईजना घाइते भएका छन् ।घाइते हुनेमा बुढीनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्दराम तिरुवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरुवा रहेको प्रहरी निरिक्षक चौधरीले बताएका छन् उनीहरु आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।
सोही गाउँपालिका–३ काडाकोटमा नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी बताए ।
प्रतिक्रिया दिनुहोस