बाजुरा: नेपाल टेलिकमकाे जिप दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीकाअनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार बिहान ९:३० को समयमा जीव दुर्घटनामा परी तीनजनाको घटनास्थलमा मृत्यु भएको र दुईजना घाइते भएको जानकारी आएको छ। प्रहरी निरीक्षक चौधरीले घटनास्थलमा उद्धारको लागि ११ जनाको प्रहरी टोली खटाइएको र दुईजना घाइतेलाई अस्पताल पुर्याउनको लागि एम्बुलेन्स पठाइएको बताएका छन् ।
घटना के कारण भएको हो र घटनास्थलमा मृत्यु हुने र घाइते हुनेको सनाखत सहितको विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस