बाजुरा: पत्रकार साहित्यकार कवि कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसमा प्रेस सेन्टर नेपाल बाजुरा शाखाको आयोजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएको थियो ।
नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भरी २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएको छ ।तस्तै अवसर पारेर प्रेस सेन्टर नेपाल बाजुराले पनि अस्पतालमा रहेका १८ बढी उपचाररत विरामीलाई फलफुल वितरण गरेको जिल्ला अध्यक्ष राजेन्द्र वि.क.ले बताएका छन् ।
फलफुल बितरण कार्यक्रममा प्रेस सेन्टर बाजुरा शाखाका अध्यक्ष राजेन्द्र विकको अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा प्रेस सेन्टर पुर्व केन्द्रीय सचिव निमेन्द्र शाही, पत्रकार महासघ बाजुराकी उपअध्यक्ष संगिता तिमिल्सेना,प्रेस चौतारीका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत पत्रकारहरुको कार्यक्रममा सहभागी रहेनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस