बुधबार, २१ जेठ २०८२

जगन्नाथको कार्यपालिका बैठकले : कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढायाे

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकाले किसानले फलाएको कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउँने निर्णय गरिएको छ । 

उत्पादित कृषि जन्य बस्तु ढुवानी तथा बजारीकरणका लागि उक्त कृषि एम्बुलेन्स खरिदका लागि छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताउनु भएको छ । 

कार्यपालीकाको ७२ औं बैठकले गाउँपालिका र कृषि निर्देशनालय दिपायल डोटी बिच मिति २०८२ जेठ ९ गते कृषि एम्बुलेन्स ५० प्रतिशत अनुदान खरिदका लागि  सम्झौता छिटै कार्यान्वयन गर्ने निर्णय गरिएको छ । 

त्यस्तै  आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट तयारीका लागि प्रत्येक टोलबस्ती स्तरबाट योजनासंगै सुझाव सङ्कलन कार्य यहीँ जेठ १५ गतेदेखि सबै वडामा टोलस्तरीय भेलाको आयोजना गरिने बताएका छन् ।

भेलाबाट संकलित योजना, सुझाव सल्लाहलाई सम्बोधन गरी मिति २०८२ असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको जगन्नाथ गाउँपालिकाले जनाएको छ
गाउँपालिका सम्पुर्ण सामुदायिक विद्यालयको आवश्यकताका आधारमा स्थायी, राहत, करार, संघीय अनुदान, पालिका शिक्षकहरुको दरबन्दी मिलानका लागि तीन सदस्यीय सुझाव समिति समेत गठन गरिएको बताइएको छ  ।  
 

प्रतिक्रिया दिनुहोस