बाजुरा : बढीगंगा नगरपालिका वडा नं. १ ,२र ३ मा उपमियर कोशेली कार्यक्रम सम्पन्न भएको छ। उक्त काेशेली कार्यक्रममा वडा नं. १ का ४० जना वडा न २र ३ गरि जम्म ४९ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ।
नगर उपप्रमुख माया खड्का कुंवरका अनुसार, "आमा र बच्चाको भविष्यका लागि पोषिलो खानेकुरा अति आवश्यक भएकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन उप मियर कोशेली कार्यक्रम सञ्चालन गरिएको हो।" उपप्रमुख कुंवरले भनिन् बच्चा र अामाकाे भविष्य राम्राे वनाउन पाैष्ठिक अाहाराकाे अावशेक पर्ने भएकाले तेसैले १ बर्षका बच्चा र गर्भवती अामाहरूलाई याे कार्यक्रम ल्याएको भनेकि छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख माया खड्का कुंवर ,वडा न १ अध्यक्ष रण ब. थापा , वडा न ३ का अध्यक्ष खडक बहादुर अधिकारी ,बढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक साह रहेका थिए। कार्यक्रम सञ्चालन तारा कुमारि खत्रीले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस