आइतबार, १८ जेठ २०८२

एमाले बाजुराले मदनआश्रीतको स्मृतिमा म्यूजिकल चेयर खेल सञ्चालन

बाजुरा : नेकपा एमाले बाजुराले मदनआश्रीत स्मृति दिवस मनाएको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको सम्झनामा श्रद्धाञ्जली सभा सहीत म्यूजिकल चेयर खेल आयोजना गरेको छ । 

नेता प्रतिको सम्मानमा श्रद्धाञ्जली र नेताहरुकार्यकर्ता बीचको आपसी सम्बन्धका लागि म्यूजिकल चेयर खेल आयोजना गरिएको अध्यक्ष लालबहादुर ओलीले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय विभाग सदस्य बसुन्धरा रोकाया, जिल्ला अध्यक्ष लालबहादुर ओली, नेताहरु तुलसीराम रोकाया, अमर खड्का, मन्दैवी ओली, जापना शाही, सीता शाही, कृष्ण खड्का, दिलबहादुर थापा सहीतको उपस्थितिमा श्रद्धाञ्जली सभा र खेल आयोजना गरिएको हो ।

पार्टी जिल्ला कमिटी सदस्य नरेन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा जनसंगठनमा आवद्ध नेताहरु पनि सहभागि थिए । नेताहरु बीचमै म्यूजिकल चेयर खेल आयोजना गरिएको हो । जसमा बडीमालिका नगरपालिका प्रमुख अमर खड्का प्रथम, हिक्मत रोकाया, द्धितीय र जापना शाही तृतीय स्थान ल्याएका छन् । 

विजेता तीनै जना नेताहरुलाई १५ सय, १ हजार र ५ सय क्रमश प्रथम, द्धितीय र तृतीय स्थानको पुरस्कार प्रदान गरिएको छ । नेताहरुले “जनताको बहुदलीय जनवाद” का सिर्जनाकार मदन भण्डारी प्रति एमाले र आस्थावना सबैको युगैयुगसम्म श्रद्धा र सम्मान रहीरहने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस