बुधबार, २१ जेठ २०८२

गौमुलमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु

बाजुरा: गौमुल गाउँपालिकामा सबै विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सुरु गरीने भएको छ । गौमुल  सम्पूर्ण वडाहरुमा एकसाथ विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम लागु हुने भएको छ ।

एकिकृत विकास समाज नेपाल आइडीएस ले सञ्चालन गरेको कार्यक्रम गाउँपालिकामा जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्ने कार्यक्रम भएपनि आजबाट सुरु भएको बताए ।

 कार्यक्रमको पहिलो दिन आज पोषण प्रद्र्धशनी र दोस्रो दिनको विद्यालय फोकल शिक्षक र श्रोत व्यक्तिद्धारा पोषण तथा सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । त्यस्तै पहिलो दिन विद्यार्थीहरुलाई पोषिलो खानेकुराको बारेमा जानकारी दिदैँ पोषिलो जाउलो, गेडागुडी, फलफुल, अण्डाका परिकारहरु प्रत्यक्ष रुपमा देखाई पकाएर विद्यार्थीहरुलाई खुवाईएको  छ ।

विद्यार्थीको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाई उपलब्धि वृद्धि गर्ने उदेश्य सहित पोषण सप्ताह विद्यालयहरुमा सञ्चालन गरिएको आइडीएस पालिका प्राविधिक सहायक रुपा खड्काले बताइन् । उनका अनुसार कार्यक्रमको तेस्रो र चौथो दिन जुकाको औषधि खुवाउने तथा स्वास्थ्य परीक्षण, पाँचौ दिन सरसफाई कार्यक्रम, छैठौँ दिन अतिरिक्त क्रियाकलाप र सातौँ दिन समिक्षा तथा छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस