बुधबार, २१ जेठ २०८२

धुलाचौरमा जिप दुर्धटना हुदा ६ जना घाइते

बाजुरा: जिल्लाको पुर्वी उत्तरी भेग पर्ने  हिमाली गाउँपालिकाको धुलाचौर नजिकै शुक्रबार दिउसो म १ ज २३३ नम्वरको जीप दुर्घटना भएको छ ।जिप कोल्टी वाट धुलाचौर जाँदै गरेको अवस्थामा अचानक ब्रेकफेल भएर जीप कर्णाली खसेको छ ।जीप दुर्घटना  हुँदा चालक सहित ६ जना घाइते भएका छन् ।
घाईते हुनेमा हिमाली गाँउपालीका वडा न  २ कि २० वर्षीय सबिना बोहरा, वडा नम्बर ५ कि १८ वर्षीय रगिता बुढा, १८ वर्षीय जुनिता बुढा ,सोही ठाउँका १९ वर्ष विवेक बुढा र हिमाली गाउँपालिका वडा न ६ कि २२ वर्षीय अस्मिता शाहीको जिप दुर्घटना परि घाइतको हात, खुट्टा, टाँउको सरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले बताएका छन्  ।
घाइते बिरामीहरुको उपचारका लागी कोल्टी प्राथमीक अस्पतालमा ल्याएको  छ । 

प्रतिक्रिया दिनुहोस