धनगढी : अछाम भीम रावलको जिल्ला भएकै कारण नेकपा एमाले नेतृत्वको बिशेष नजरमा रहेको छ । जिल्ला नेतृत्व चयन देखि पार्टी कमिटीका सबै गतिविधीलाई व्यवस्थीत र विवाद रहीत बनाउन पार्टी केन्द्रकै पहल र भूमिका देखिन्छ । यसैबीच नेकपा एमाले अछाम जिल्ला कमिटीले जिल्ला अधिवेशन सकिएको महिना नबित्दै सबै पालिका कमिटीका अधिवेशन समेत सकाएको छ ।
भीम रावलका कारण अछाममा एमाले कमजोर हुँदै गएको र पालिका कमिटी समेत विस्तार गर्न समस्या हुने हल्लाका बीच अधिवेशन सकिएको दुई हप्ताभित्रै पालिका अधिवेवन सकिएका छन् । जिल्लामा रहेका १० वटै पालिकामा कमिटी विस्तार कार्य सकिएको पार्टी सचिव हिरण्ड भट्टाराईले जानकारी दिएका छन् ।
अछाम जिल्ला अधिवेशन बैशाख १३ देखि सुरु भइ १६ गते सकिएको हो । अधिवेशनले शिव प्रसाद उपाध्याय अध्यक्ष, तिलक कुवँर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव रहेको ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको थियो । पार्टी महासचिव शंकर पोखरेल आउने भनिएको अधिवेशनमा अन्तिममा पार्टी सचिव लेखराज भट्टले उद्घाटन गरेका थिए ।
सहमति नहुने, भीम रावल समर्थक मिलेर गुट निर्माण गर्ने र आन्तरिक द्धन्द्ध हुने अनुमानलाई चक्मा दिएर सिंगो कमिटी सर्वसम्मत घोषणा गरिएको थियो । अधिवेशनमा सर्वसम्मत गर्न केन्द्रीय सदस्य झपड बोहरा, यज्ञ बोगटी, कमल तिमिल्सेना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी सहीत सक्रिय थिए ।
अधिवेशनको सपथको पछिल्लो दिन बैशाख १७ गते बसेको जिल्ला कमिटीको निर्णय अनुसार नै पालिका अधिवेशनको मिति तोकिएको थियो । पालिका कमिटीका अधिवेशन ३१ गतेसम्म सबैमा सम्पन्न भएका छन् । त्योपनि बाक्लो र उत्साहजनक उपस्थितिमा पालिका अधिवेशन सम्पन्न गरिएको सचिव हिरण्ड भट्राईले बताए ।
जसमा मेल्लेख गाउँपालिका कमिटीमा अध्यक्ष सुरेन्द्र साउँद, उपाध्यक्ष देवेन्द्र धामी सचिव गंग खत्री, उपसचिव केशर खड्का र देवसरा रावल सहित ४१ सदस्यीय कमिटी गठन गरिएको छ । भने मंगलसेन नगर कमिटीमा अध्यक्ष डम्मर रावल, उपाध्यक्ष खकेन्द्र सोडारी, सचिव कालुसिंह विक, उपसचिव मिठु विकस र मनिषा केसी सहीत ४७ सदस्यीय कमिटी गठन गरिएको छ ।
पूर्व एमाले उपाध्यक्ष समेत रहेका हाल पार्टीबाट निष्कासीत भीम रावलको पकेट क्षेत्र मानिएको साँफेबगर नगरमा अध्यक्ष हिरण्ड बहादुर कुँवर, उपाध्यक्ष, कुल बहादुर. बिष्ट, सचिव भीम बडाहित, उपसचिव हर्क बोहरा र जानकी लुहार सहीत ४१ सदस्यीय कमिटी बनाइएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष हर्क बहादुर साउँद, उपाध्यक्ष लोक बहादुर ठकुल्ला, सचिव भरत बहादुर खड्का, उपसचिव प्रगती रावल र जलु साउँद सहित ३३ सदस्यीय कमिटी गठन गरिएको छ ।
तुर्माखाँद गाउँपालिकामा अध्यक्ष पदमबहादुर बि सी, उपाध्यक्ष नवराज धमाला, सचिव अम्मर न्यौपाने, उपसचिव रामबहादुर बयक र तुलसी गिरी सहीत ४७ सदस्यीय कमिटी गठन गरिएको छ । भने चौरपाटी गाउँपालिकामा अध्यक्ष झन्कर साउँद, उपाध्यक्ष प्रेम बहादुर खड्का, सचिव राजेन्द्र साउँद, उपसचिव लालबहादुर साउँद र मिना साउँद रहेको ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।
पञ्चदेवल बिनायक नगरपालिकामा अध्यक्ष गोरख बहादुर रावल, उपाध्यक्ष बखत बहादुर शाही, सचिव डण्डिप्रसाद जैशी, उपसचिव भरत साउँद र गीता धामी सहीत ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमलबजार नगरपालिकामा अध्यक्ष कम्मान सिंह चलाउने, उपाध्यक्ष चीन बहादुर शाही, सचिव योगेन्द्र ढकाल, उपसचिव इन्द्र विक र मोतीसरा भण्डारी सहित ४५ सदस्यीय कमिटी गठन गरिएको छ ।
ढकारी गाउँपालिकामा अध्यक्ष महादेव बुढा, उपाध्यक्ष, प्रेम साउँद, सचिव भवानी उपाध्याय, उपसचिव मिनबहादुर भुल र पार्वती बुढा सहीत ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।
रामारोशन गाउँपालिकामा अध्यक्ष भीमबहादुर साउँद, उपाध्यक्ष भक्त बटाला, सचिव लालबहादुर बटाला, उपसचिव सुर्य साउँद र मनसरा साउँद सहीत ३५ सदस्यीय कमिटी गठन गरिएको छ । जिल्ला कमिटी ८५ र स्थानीय पालिका कमिटीमा ३ सय ९४ जना नयाँ पदाधिकारी र सदस्य गरी ४ सय ९७ जना निर्वाचित भएका छन् ।
जिल्ला र पालिका अधिवेशनपछि अछाम एमालेमा नयाँ उत्साह भरिएको दाबी नेताहरुको छ । उनीहरुले प्रभाव क्षेत्र भनिएकै स्थानमा पनि सबैले एमालेमै जोडिने गरि समर्थन गरेको र मातृभूमि जागरण अभियानको सामान्य असर साँफेबगर नगरपालिका बाहेक नगरेको एमाले अछामको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस