बुधबार, २१ जेठ २०८२

नगर प्रमुख द्धारा, नयाँ बर्षको भित्तेपात्रो विमोचन

बाजुरा: स्वतन्त्र विद्यार्थी युनियन बाजुरा क्याम्पसले यस बर्षकाे प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएकाे छ ।  स्ववियु कमिटीले बाजुरा क्याम्पसमा आयोजना गरेको एक औपचारिक कार्यक्रमका विच भित्तेपात्रो विमोचन गरिएको थियाे। स्ववियु बाजुरा क्याम्पसका अध्यक्ष लक्ष्मण रोकायाले नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको बताए ।

 नगर प्रमुख अमरबहादुर खड्काले क्याम्पसको शैक्षिक गुणस्तर सुधार सहितका कार्य योजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । 
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बाजुरा क्याम्पसले आयोजना गरेको भित्तेपात्रो विमोचन कार्यक्रममा क्याम्पसको हित र संस्थागत विकासका लागि  आग्रह गर्नु भएकाे थियाे। 
उहाँले भन्नु भयाे क्याम्पसमा हुने हरेक गतिविधी सहित नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको नगर प्रमुख खड्काले बताएका छन् ।स्ववियु अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहनु भएकाे थियाे ।

त्यस्तै विशिष्ट अतिथि बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौले, निबर्तमान क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित लगायत अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन स्ववियु सचिव बलबहादुर खड्काले  गर्नु भएकाे थियाे ।

Open photo

प्रतिक्रिया दिनुहोस