धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफूहरु सरकारतिर भन्दा जनता तिर बढी केन्द्रीत भएको बताए ।
‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ । चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो । उनले भने– जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउने तिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’
सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारवाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको बताए ।
नेपालमा भारत र चीनका नेताहरुको दौडधु बारे प्रचण्डले सगरमाथ संवाद केन्द्रीय आगमन भएकोले अन्यथा लिन नहुने बताए । सरकारले बोलाइएको हुनाले आएका हुन्, चिनबाट मात्रै होइन्, भारत र अन्य देशबाट पनि धेरैको सहभागिता संवादमा भएको होला, यसलाई अन्यथा लिनु हुदैन् उनले थपे ।
उनले छिमेकी हुनुको नाताले अझ धेरै आका होलान्, त्यसलाई त्यसरी नै बुझौं । वाम एकता बारे पत्रकारले सोधेको प्रश्नमा उनले २०८४ को चुनावसम्म संभावना नरहेको बताए । एकताकै लागि प्रयास गरियो, एक पनि भइयो, पार्टी एकीकरण नै गरियो, तर नराम्रोसँग धोका खाइयो, हामीभन्दा बढी जनतालाई धोका भयो, केपी जीसँग मिल्ने चाहना तत्काल संभव छैन् ।
प्रचण्डले हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियान असाधारण रुपले सफल भएको बताए । गरिब, मजदुर, मधेसी, थारु सहीतका विपन्न समुदायको बसोबास क्षेत्रमा पुगेर जनतासँग जोडिनु माओवादीका लागि ऐतिहासिक सफलता भएको हो, उनले भने– अभियानका क्रममा १ करोड बढीसँग प्रत्यक्ष भेटघाट भयो ।
उनले डडेल्धुराबाट शेरबहादुर देउवालाई फोन गरेको र देउवाले स्वागत भनेको बताए । प्रचण्डले हुलाकी राजमार्ग जागरणसँगै मध्यपहाडी लोकमार्गमा हुने अभियानका लागि पनि सकारात्मक मावल तयार भएको बताए ।
प्रचण्डले डडेल्धुरालाई राम्रो जिल्ला र सुन्दर जिल्लाको संज्ञा दिए । मिठो चिसो, यतिराम्रो हावापानी र हरियाली साथै उत्पादनको पनि प्रचुर संभावना धेरै राम्रो लाग्यो प्रचण्डले भने । उनले पहाडको जनसंख्यालाई रोक्न उत्पादन र अवसरका विषयमा राज्यले ध्यान दिनु पर्ने बताए ।
सुदूरपश्चिमलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले इन्चार्ज नै सिनियर नेतालाई जिम्मा दिएको, पार्टी सत्ताको अवसरमा पनि सुदूरपश्चिमलाई अनिवार्य स्थान दिने गरेको बताए । माओवादीले सुदूरपश्चिमलाई कति ध्यान दिन्छ, धेरै प्रमाणित कुरा छन्, उनले भने– तर पार्टीमा कहिलेकहिँ समस्या जस्तो देखिएपनि त्यो विधीवत रुपमै टुंगिसेकोले अब अब चाहि सुदूर पश्चिमले गति लिन्छ ।
अर्को प्रसंगमा प्रचण्डले संक्रमणकालिन न्यायको विषयमा सरकार गम्भीर हुनु पर्ने धारणा राखे । समझदारीको आधारमा, विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै पीडितहरुलाई ध्यानमा राखेर समाधान गरिनु पर्नेमा उनले जोड दिए ।
प्रचण्डले पार्टी उपाध्यक्ष, महासचिव सहीतका नेताहरुलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गराएका हुन् । सम्मेलन प्रेस सेन्टरले आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गको उद्घाटन माओवादीले वैतडीको पाटनबाट सुरु गर्दै छ । समापन सोलुखुम्बुको सोलु पुगेर गर्ने निर्णय माओवादीको छ ।
प्रतिक्रिया दिनुहोस