धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रदेश प्रमुखले ११ जेठमा पहिलो बैठक बस्नेगरि बजेट अधिवेशन आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए । मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस