शुक्रबार, ०४ जेठ २०८२

एमाले बाजुराको प्रतिनिधी बैठक सकियो  : एमाले नेता कर्ण थापा भन्छन्–केपी र विद्या दुबैसँगको समान संवादमा छु !

धनगढी : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी भित्र विधी स्थापित हुनु पर्ने बताएका छन् । व्यक्ति हाबी हुने, विधी र विचारको बहसलाई किनारा राख्ने विषयले गम्भीर संकट ल्याउने धारणा राखेका छन् ।

नेकपा एमाले बाजुराले आयोजना गरेको प्रथम जिल्ला प्रतिनिधी परिषद् बैठकमा थापाले टिका लगाउने प्रणालीले पार्टीलाई दुर्घटनामा पुर्याउने घारणा राखे । पूर्व मन्त्री समेत रहेका थापाले काठमाडौं पछि ७७ जिल्ला मध्ये बाजुराले प्रतिनिधी परिषद् बैठक बसेकोमा धन्यवाद दिँदै, पार्टी संगठन निर्माणमा सबैको योगदान रहेको र रहनु पर्ने बताए ।

संसारमा कहिँ नभएको जात्रा हाम्रो पार्टीमा सुरु भयो, त्यो पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु भयो, थापाले भने–मन लागेको मान्छेलाई नाम तोक्ने कुरा गलत छ, यसलाई सुधार गर्न लगातार नेतृत्वसँग संवाद र छलफल जारी छ ।’ 

पूर्व मन्त्री समेत रहेका थापाले अध्यक्ष ओलीको विरोध र पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थन भन्ने छैन्, दुबैजनासँग बराबरी संवाद र सहकार्यमा छु, चिन्ता मात्रै विधी स्थापित गर्ने, कम्यूनिष्ट आन्दोलन एकठाउँमा ल्याउने विषय प्रदान भएको बताए । 

थापालाई पछिल्लो समय ओलीको विकल्प खोज्ने र विद्या भण्डारी ल्याउने खेमाको अगुवाइ गरिरहेको विश्लेषण गर्ने गरिएको छ । त्यो विषयमा पनि थापाले ओलीको विकल्प खोजिएको होइन्, विधी बसालौं, अरु सबै कम्यूनिष्ट पार्टी एकठाउँमा ल्याउने विषयलाई गम्भीर भएर सोचौं, मिसन ०८४ को आधार निर्माण गरौं भन्ने हो, त्यसलाई गलत रुपमा बुझिएको बताए । 

एउटै व्यक्ति कति पटक केके हुने, त्यो पनि विधानमा उल्लेख गरौं, म चार पटक बाजुराबाट चुनाव लडेको छु, अब त्यो भन्दा बढी हुन्न भन्ने हो, भनेपनि म लड्डीन, तर त्यो विधी पार्टी नेतृत्व र कार्यकर्ता सबैलाई एकैनासले लागु हुनु पर्छ, थापाले भने । 

पार्टी बहस विना नै चलिरहेकोमा चिन्ता व्यक्त गरे । बहस विनाको पार्टी र प्राण विनाको मान्छे एउटै हो । एमालेमा त्यस्तो हुनु हुन्न । केन्द्रीय कार्यालयबाटै गुट चलाएर कार्यकर्तालाई अन्योल र भ्रममा पार्ने कुरा गलत हुन्, सुधार गर्नु पर्नेमा उनको जोड छ ।

सुदूरपश्चिममा पहिलो नम्बरमा पार्टी सचिव लेखराट भट्ट र दोस्रो वरियतामा म छु, मेरो प्रदेश र जिल्लामा कसैसँग दुरासय छैन । उनले भने–ओली योद्धा हुन्, हाम्रो मुल नेता हुनुहुन्छ, हामी ओलाको सहयोद्वा हो, उहाँले थाह पाउनु पर्यो योद्धा उठाउन सहयोद्धा नै चाहिन्छन । 

घटनामा हल्ला र हतियार दुबैले काम दिन्न, बाघ आउनु अघि समेत हुनु पर्छ, एमालेको हकमा पनि त्यही हो । घेरबन्दी ओली र एमाले माथि छ, त्यो मनमोहन र मदन भण्डारी माथि पनि थियो, अहिलेपनि छ । तर सुविचारीक रुपमा समय र परिस्थितिलाई जिताउने काम नेतृत्वको हो, ओली यसमा सचेत र जिम्मेवार हुनु पर्छ, थापाले भने । 

आन्दोलनबाट स्थापित नेतृत्वले समृद्धि पुरा गर्न सक्छ कि सक्दैनन्, यसमा पनि सोच्नु पर्छ, पार्टी भित्र मनपरि कसैको चल्दैन्, छलछाम नगरौ, सबैको भलो यसैमा छ, थापाले थपे । उनले पार्टी भित्र जिल्ला देखि केन्द्रसम्म फुरफर गर्ने, नेतृत्व नजिक गएर सबै मैले नै गर्दा भयो, भन्ने जस्ता गतिविधी हाबी भएकोले त्यो रोकिनु पर्ने बताए ।

सुदूरपश्चिमलाई बजेट देखि नियुक्ती र अवसरमा किनारा राख्ने गरिएको विषयमा एमाले नेतृत्व र वर्तमान प्रधानमन्त्री सचेत हुनु पर्ने र त्यसो नगरिएपनि हामीले मानिरहनु पर्ने अवस्था नरहने बताए । 

पदीय आकांक्षा नराखी पार्टी हितकामा काम गर्ने  बताएका थापाले विषयलाई नै नबुझेर बहस, विवाद र आलोचना भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले अनेरास्ववियुको महाधिवेशनलाई संकेत गर्दै व्यक्ति रोक्न विधी कुल्चीनु पर्ने र अनावश्यक विधीको रटान लगाउनु पर्ने कुरा पार्टी विधान विपरित हुने बताए । 

प्रेस चौतारीको महाधिवेशनमा प्रतिस्पर्धा नै रोक्नु पार्टी भित्रको लोकतन्त्रलाई मार्नु जस्तै भएकोले नेतृत्व व्यक्ति पुजा गर्ने प्रवृत्तीबाट मुक्त हुनु पर्ने धारणा राखे । पार्टी भित्रका समस्या समाधान गर्न विधि बनाउन पर्छ । व्यक्ति हेरेर विधि बनाउन हुन्न भन्ने मान्यता राखे । 

उनले देशकै दोस्रो जिल्लाको रुपमा बाजुराले प्रतिनिधी परिषद् बैठकको आयोजना गरेकोमा धन्यवाद दिए । राजनीतिक प्रतिवेदन र सिर्जनशिल कामका लागि निसंकोच प्रंशसा गरेको बताए । शा गर्न चाहन्छु । 

अर्को पार्टी केन्द्रीय सदस्य लालबहादुर थापाले भने पार्टी भित्र ओलीको विकल्प बारे बहस आवश्यक नै नभएको बताए । ओली नेतृत्वको एमालेको उचाईलाई नै निरन्तरता जरुरी रहेको धारणा राखे । थापाले एमाले र ओली माथि देशी विदेशी घेरबन्दी र आक्रमणको बेला पनि नेतृत्वको विरुद्धमा जाने कुरा पार्टी विपरित हुने बताए । 

केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले पार्टीमा सबैलाई अटाउनु पर्ने र भीम रावललाई कारवाही नै गरेर सदस्य समेत नराख्नु पर्ने कुनै कारण नभएको बताए । उनले एमालेलाई सबै अट्ने सागर बनाउनु पर्नेमा जोड दिए । केन्द्रीय सदस्य सहदेव बोगटीले नेतृत्व निर्माण गर्ने कुरा सजिलो नभएकोले नेतृत्वको रक्षा र पार्टी संगठन निर्माणमा कार्यकर्ताको जिम्मेवारी महत्वूर्ण हुने बताए ।

पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले परिषद् बैठकमा १५ बुँदे समयसामयीक प्रस्ताव पेश गरेका छन् । बाजुराको विकास र संगठन निर्माणलाई बिशेष संवोधन गर्ने गरि प्रस्ताव पेश गरिएको र हलबाट पारित भएको अध्यक्ष ओलीले जानकारी दिए । आठौं जिल्ला अधिवेशनको एक वर्षपछि प्रतिनिधी परिषद् बैठक आयोजना गरिएको हो । 

सचिव काशी विक उपसचिव हरि रोकायाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक सचिव विकले संगठानीयक र लेखा समिति अध्यक्ष वृजन शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जनक कुमार बोहराले गरेका हुन् । भोलि एमाले जिल्ला कमिटीको बैठक बस्ने भएको छ।  

प्रतिक्रिया दिनुहोस