बिहिबार, ०३ जेठ २०८२

एमाले बाजुराको प्रथम प्रतिनिधी परिषद् बैठक मार्तडीमा सञ्चालन

बाजुरा:नेकपा (एमाले) बाजुराको प्रथम प्रतिनिधी परिषद बैठक आजबाट सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको आयोजनामा  प्रथम प्रतिनिधी परिषद बैठक नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।
परिषद बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत हुनुका साथै पार्टीको काम कारबाहीका विषयमा छलफल तथा समीक्षा हुने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले बताएका छन्  । 
प्रतिनिधी परिषद बैठकमा विधान संशोधनको लागि जिल्लास्तरबाट सुझाव संकलन गरिने र जिल्लाको गतिविधीमा  छलफल गरिने अध्यक्ष ओलीले प्रतिवेदनमा प्रस्तुत गरेका छन्   ।  
नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रमुख अथिती रहनु भएको थियो , केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रदेश ख ईन्चार्ज प्रकाश शाह, केन्द्रीय सदस्य प्रदेश क ईन्चार्ज सहदेव बोगटी, विशिष्ट अतिथी रहेका छन् । 
यस्तै केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया , सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, संविधान सभा सदस्य पेम्बा गुरूङ अतिथी छन् । 
नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकायाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपाध्यक्ष जनक कुमार बोहराले गरेका हुन् । 
बैठकमा जिल्लाका ९ वटै पालिकाबाट प्रतिनिधीहरु लगाएत सबैको उपस्थिति रहेको छ ।Open photo

 

प्रतिक्रिया दिनुहोस