बाजुरा : नेकपा एमाले बाजुराले प्रतिनिधी परिषद्को बैठक बोलाएको छ । पार्टी आन्तरिक जीवनसँग जोडिएका अधिवेशन प्रतिनिधीलाई पार्टी कमिटीका गतिविधीसँग जोड्ने र नीति रणनीति बारे जानकारी गराउने उदेश्य सहीत बैठक बोलाएको हो ।
पार्टी जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन सकिएर नयाँ नेतृत्व आएको एक वर्ष पुगेर अवसर पारी बैठक बोलाएको सचिव काशी विकले जानकारी दिएका छन् । एमाले बाजुराको आठौं जिल्ला अधिवेशन गएको वर्ष जेष्ठ १ गते आजकै दिन आयोजना गरिएको थियो । अधिवेशनले मतदानबाट जेष्ठ ७ गते नयाँ नेतृत्व पाएको हो ।
जिल्ला अधिवेशनका ४ सय ३९ जना प्रतिनिधीले बैठकमा भाग लिनेछन् । एमाले बाजुराको पार्टी जीवनमा प्रतिनिधी परिषद् बैठक यस अघि वर्तमान नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा जिल्ला अध्यक्ष हुँदा आयोजना गरिएको थियो । त्यसपछि लालबहादुर ओली अध्यक्ष हुँदा आयोजना गरिएको हो ।
नेतृत्व चयन प्रक्रियामा सहभागि प्रतिनिधीहरुलाई पार्टी संगठन निर्माण, भावी योजना निर्माण र रणनीति तय गर्ने विषयमा पनि सहभागि गराउने उदेश्य सहीत आयोजना गरिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । प्रतिनिधीलाई अधिवेशनमा आउने, मतदान गर्ने, ताली बजाउने भूमिकामा मात्रै सीमित गर्नु हुदैन्, पार्टी सञ्चालनमा उनीहरुको पनि भूमिका प्रभावकारी र सक्रिय हुन पर्छ भन्ने मान्यता राखेर नै बैठक आयोजना गरिएको हो, यो बैठक प्रभावकारी र उपलब्धी मुलक हुन्छ अध्यक्ष ओलीले भन्नु भयो ।
प्रतिनिधी परिषद्को बैठकका लागि एमाले बाजुराले बाजुराबाट प्रतिनिधीत्व गर्ने पाँचै जना केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी सहीत सदस्य, जिल्ला सल्लाहकार परिषद् सदस्य र जनसंगठनका पदाधिकारीलाई बोलाइएको छ ।
बैठकमा सहभागि सबैका धारणा बुझ्ने, राय सुझाव संकलन गर्ने र जिल्लाको विकास, समृद्धिमा नेता कार्यकर्तालाई जोड्ने रणनीति समेत निर्माण गर्ने उदेश्य एमालेले लिएको छ । पार्टी संगठन निर्माणमा जिम्मेवारी पाएका बाहेक प्रतिनिधी सबैलाई पनिसँगै लैजाने विषयमा छलफल हुने र रणनीति सहीत समयसामयीक विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा सहभागि हुने एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाशबहादुर शाह, सहदेव बोगटी, पार्टी आयोगका सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी सदस्य सहीत सहभागि हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस