शुक्रबार, ०२ कार्तिक २०८१

लागुऔषध नियन्त्रणमा सुदूर पश्चिम् मुख्यमन्त्रीसहित युवाको समूह सडकमा

धनगढीः धनगढीमा पनि आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर समितिले धनगढीमा युवा दिवस मनाएको हो। दिवसका अवसरमा नेविसंघ धनगढी उपमहानरपालिकाले धनगढी चौराहादेखि पार्कमोडसम्म  र्‍यालीको आयोजना गरेको थियो।

 र्‍यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, जनप्रतिनिधि लगायत काङ्ग्रेसका नेताहरु एवं सुरक्षा निकायको उपस्थिति रहेको थियो। लागुऔषध विरुद्धको  र्‍याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो।


कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागुऔषधमा फसेकाले त्यसको न्यूनीकरण गर्नुपर्ने बताए। यस्तै लागुऔषध कम गर्न प्रदेश सरकार युवाहरुसंग हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरे।
दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस