बुधबार, २१ जेठ २०८२

आप्रवासी स्रोत केन्द्र स्थापना , राज्यमन्त्री द्धारा उद्घाटन

बाजुरा :सुदूरप्रश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरोस्वती खड्काले सुरक्षित आप्रवासी स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ । राज्यमन्त्री खड्काले एक औपचारिक कार्यक्रमका बिच रिवन काटेर उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ।

जिल्लामा आप्रवासी स्रोत केन्द्रको उद्घाटनका लागी बाजुरा पुग्नु भएका राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीबाट समस्यामा परेका  ठगिएका आप्रवासी श्रमिकहरुका उजुरी सुन्ने र यसको समधानमा सहयोग गर्ने  आवश्यक परे कानुनी सहायतामा जान सजिलो हुने उहाँले बताउनुभयो । उक्त सेवा केन्द्र जिल्ला प्रशासन कार्यालय बाजुरामा स्थापना गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने नागरिकहरुलाई सही र अद्यावधिक जानकारी गराउने,वैदेशिक रोजगार प्रक्रिया,आवश्यक कागजात र जोखिमहरुको बारेमा परामर्श दिने उक्त सेवा केन्द्रको उदेष्य रहेको छ ।

नागरिकहरुलाई सुरक्षित आप्रवासन सम्बन्धि तालिम दिने र व्यक्तिगत तथा सामुहिक परामर्श सेवा प्रदान गर्ने उक्त सेवा केन्द्रका कर्मचारी प्रकाश खड्काले बताएका छन् । आप्रवासी स्रोत उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानियतहका प्रमुख ,उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस