सोमबार, ३० बैशाख २०८२

वडा न ८ र ९ जन समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा:  त्रिवेणी नगरपालीका वडा न ८र ९मा वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना र रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
 उक्त कार्यक्रममा २०८१÷८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएका छ । उक्त  विवरण वडा ८ का अध्यक्ष गगनजङं बुढाले गर्नु भएको थियो भने वडा न ९ का अध्यक्ष नन्द बहादुर थापाले यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।
वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै यहाँ शिक्षा स्वास्थ जस्ता समस्याहरु कहिले सम्म पुग्ने हुन्े भनेर प्रस्न गरेका थिए । त्रिवेणी नगरपालिका विकास निर्माणमा प्रगति भएको भए पनि जनताका आधारभूत आवश्यकता पूरा गर्न माग गरेका छन् । नगर प्रमुख कर्ण बहादुर थापाले भने अढाई वर्षको अवधिमा सडक, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रगति भए पनि नागरिकहरूको आधारभूत आवश्यकताहरू पुरा नभएको स्वीकार गरेका छन्। 
त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारीले भने बेरोजगार युवाहरु लाई यहि रोजगारी बनाउन कृषी  क्षेत्रमा पनि ध्यान दिँदै नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिने जानकारी गराए । यस कार्यक्रममा नगर उपप्रमुख कमला न्यौपानेले  भनिन् अव आउने निति तथा कार्यक्रममा पालिकाको समृद्धि यात्रामा अघि बढाउदैै शिक्षा स्वास्थ्य सडक सिचाई लाई प्राथमिकता दिने बताएकी छन्। कार्यक्रममा त्रिवेणी नगरपालकिा वडा न ४ अध्यक्ष गणेश बहादुर साउद नेपाली काँग्रेस त्रिवेणी नगर सभापती शुरेन्द्रराज गीरी लगाएत वडावासिहरुको जम्बो सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण प्रेस युनियनकी अध्क्षय संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस