बाजुरा : जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा.प्रकाश बुढाले बताउनु भयाे।
मृतक बालिका कुपोषण सँगै अन्य रोगको संक्रमणमा रहेकी बताए । बचाउने प्रयास गर्दा पनि बालिकाको मृत्यु भएको डाक्टर बुढाले बताए। बाजुरामा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत, कमतौल ३०.६ र ४८ प्रतिशत कुपोषणको समस्या रहेको थियाे।
प्रतिक्रिया दिनुहोस