शनिबार, २८ बैशाख २०८२

वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रम किम्नीमा सम्पन्न

बाजुरा : त्रिवेणी नगरपालीका वडा न ५ किम्नीमा वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना र रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
 उक्त कार्यक्रममा २०८१÷८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएका छ । वडा ५का अध्यक्ष डिल्ली बहादुर बुढाले यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।
वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै यहाँ रोड कहिले सम्म पुग्नेहो भनेर प्रस्न गरेका थिए । त्रिवेणी नगरपालिका विकासमा प्रगति भएको भए पनि नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न माग गरेका छन ्। नगरउपप्रमुख कमला न्यौपानेले भनिन् अढाई वर्षको अवधिमा सडक, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रगति भए पनि नागरिकहरूको आधारभूत आवश्यकताहरू पुरा नभएको स्वीकार गरेकी छन्। 
त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारीले भने कृषि क्षेत्रमा पनि ध्यान दिँदै नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको जानकारी जान्कारी गराए । यस कार्यक्रममा नगर उपप्रमुखले भनिन् अव आउने निति तथा कार्यक्रममा पालिकाको समृद्धि यात्रामा अघि बढ्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा  सहभागी नेकपा एमाले प्रदेश शखस्य भरत बुढा ऽ पर्व वडा अध्यक्ष लगाएत वडावासिहरुको जम्बो सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण प्रेस युनियनकी अध्क्षय संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस