शनिबार, २८ बैशाख २०८२

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको अध्यक्षमा ओली

बाजुरा : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको अध्यक्ष रमेशबहादुर ओली सर्वसम्मत चयन भएका छन् । बाजुरा शाखाको चौंथो जिल्ला अधिवेशनबाट ओली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । 

नेकपा एमाले बाजुराको जिल्ला पार्टी कार्यालयमा आयोजित अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको निर्वाचन समिति संयोजक एंव महासंघको केन्द्रीय सदस्य विष्णुप्रसाद जैशीले जानकारी दिएका छन् ।

समितिमा उपाध्यक्ष जगत शाही, महिला उपाध्यक्ष आशा थापा, सचिप गंगाराम विष्ट, उपसचिव नरबहादुर बुढा र कोषाध्यक्ष ललिता रोकाया निर्वाचित भएका छन् । सदस्यमा अमर बुढा, सन्देश भण्डारी, पवन भण्डारी, लाल बहादुर ओली रहेका छन् । 

यस्तै विमला थापा, कफिन वि.क., दुर्गेश्वरी नेपाली, सीमा थापा, चिरञ्जीवी सिंह, अप्सरा बुढा, विर बहादुर थापा, पुष्पराज गिरी, सावित्रा थापा, पुष्पराज जैशी रहेका छन् । पार्टी उपसचिव एवं संगठन समन्वय मोर्चा विभाग प्रमुख हरिबहादुर रोकाया अधिवेशनको प्रमुख अतिथि रहनु भएको थियो । 

आशा थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता कफिन विकले गरेका हुन् । अधिवेशन उद्घाटन समारोहमा एमाले उपसचिव हरिबहादुर रोकाया, सचिवालय सदस्य राजन रोकाया, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद जैशीले शुभकामना मन्तव्य राखेका थिए । भने एमाले जिल्ला कमिटी सदस्य देवबहादुर रोकाया र दीलबहादुर थापा भोटे पनि सहभागि थिए । 

कार्यक्रमका प्रमुख अतिथि हरिबहादुर रोकायाले स्वास्थ्य कर्मीको कामको आधारको सेवा सुविधा र राज्यबाट संरक्षण हुनु पर्नेमा जोड दिएका छन् । स्वास्थ्य कर्मीका जायज माग संवोधन गर्न राज्य तयार हुनु पर्ने र पालिका सरकार तयार रहेको दाबी रोकायाको छ ।

अध्यक्षमा नवनिर्वाचित रमेश बहादुर ओलीले महासंघ मार्फत जिल्लाको स्वास्थ्य क्षेत्रको सुधार र उपचार सेवालाई थप प्रभावकारी बनाउने गरि काम गर्ने बताएका छन् । संगठनकै माध्यमबाट सबै पालिका र वडामा रहेका स्वास्थ्य केन्द्रको अवस्थाबारे जानकारी लिइ सम्बन्धीत पालिकालाई ध्यानाकर्षण गराउने र आफू कार्यरत स्वास्थ्य संस्थालाई नमुना बनाउने तर्फ लाग्ने बचन दिएका छन् ।    

Pode ser uma imagem de 9 pessoas e texto

प्रतिक्रिया दिनुहोस