शुक्रबार, २७ बैशाख २०८२

वडा ४ काे वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा: त्रिवेणी नगरपालीका वडा. न ४काे वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना, रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको उक्त वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा २०८१-८२ सम्मका योजनाहरुकाे विवरण वडा अध्यक्ष गणेश वहादुर शाउँदले  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै आलोचना र समालोचना गरेका थिए ।

वडा नम्बर ४ का नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न वडा र नगर सरकारलाई माग समेत गरेका थिए।नगर प्रमुख थापाले अव आउँने बजेटमा सबै वडामा समान तरिकाले बजेट ल्याउने बताए।नगरकाे बजेटले नसके पनि संघ सरकार र प्रदेश सरकार संग माग गरेर पनि हामी जनताकाे बिकासमा लागि पर्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

अध्यक्ष गणेश बहादुर शाउँदले वडाबासीहरुका आधारभूत आवश्यकता पूरा गर्न आफु प्रतिबद्द रहेकाे बताए । साथै वडामा कृषि,स्वास्थ,सञ्चार क्षेत्रलाई थप सुधार गर्दै आधुनीकीकरणमा लैजाने बताए।वडाका नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम तथा सीप प्रदान लगायतका कार्यक्रम गरिदै आएकाे जानकारी दिए ।

वडा अध्यक्ष गणेश बहादुर शाउदकाे अध्यक्षतामा सञ्चालन भएको वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापा, बिशिष्ट अथिति नगर उप-प्रमुख कमला न्यौपाने , वडा न ३का अध्यक्ष मिन बहादुर भण्डारी  पाटीका प्रतिनिधि,स्थानीय लगायत पत्रकारकाे सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो पौरखीकी स्टेशन मेनेजर संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस