बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिकामा आज विद्यालय दिवा खाजा व्यवस्थापनसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। गिफ्ट नेपाल बाजुरा र त्रिनगरपालिकाको साझेदारि आयोजनामा उक्त कार्यक्रममा नगरपालीका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका प्रतिनिधि तथा विभिन्न सहकारिक कर्मचारी शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयमा दिइने दिवा खाजा व्यवस्थापनलाई प्रभावकारी, पोषणयुक्त र पारदर्शी बनाउनका लागि विभिन्न रणनीतिहरू प्रस्तुत गरिएका थिए। त्रिवेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर साउदले स्थानीय उत्पादनको प्रयोग गरी पोषण युक्त खाजा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।त्यसैगरी कार्यक्रममा सहभागी तथा स्वास्थ्यकर्मीहरूले पोषणको महत्त्व, विद्यार्थीहरूको स्वास्थ्यमा खाजाको प्रभाव र व्यवस्थापनमा पारदर्शिता राख्नुपर्ने विषयमा प्रस्तुति दिएका छन्।
कार्यक्रमको समापनमा नगर उपप्रमुख कमला जैशी न्यौपानेले विद्यालयमा दिइने खाजा कार्यक्रम बालमैत्री र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।कार्यक्रममा त्रिवेणि नगरपालिका प्रमुख कण ब थापा उपप्रर्मुख कमला जैसी न्यौपाने त्रिवेणि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी शाहा त्रिवेणि शिक्षा शाखा प्रमुख गणेश साउद वडा नम्बर १ देखि ९ सम्मपकाअध्यक्ष विभिन्न सहकारीका कर्मचारी पत्रकार लगायतको उपस्थिति हरेको थियो
कार्यक्रमकाृे सञ्चालन गिफ्ट नेपाल बाजुराका प्रवन्धक कृष्ण अधिकारीले गर्नु भएको थियो
प्रतिक्रिया दिनुहोस