बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
बाजुरा जिल्लामा सरुवा भई आएका हवारीले सरोकारवाल निकाय र जिल्लामा क्रियाशील पत्रकाहरुसँंगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबुद बनाउँने उहाँकाे भनाइ रहेकाे छ।
जिल्लाको प्रमुख समस्यालाई पहिचान गरी छलफल, समन्वय र सहकार्य गरी काम गर्ने बताएका छन् । हवारीले कसैको दबाव र प्रभावमा प्रहरी नपर्ने र पीडितलाई न्याय दिलाउन बताए ।
नागरिकका हरेक क्रियाकलापमा आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै समस्यालाई निराकरण गर्दै सुरक्षा गस्ती पनि प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
परिचयात्मक कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखहरुले बाजुरा जिल्ला पछिल्लो समय लागुऔषध दुर्व्यसनमा गुज्रदै गएको जानकारी गराउँदै यसको नियन्त्रण र रोगथामका लागि अहम भूमिका खेल्न आग्रह गरेका थिए ।
लागुऔषधको कुलतमा बढी मात्रामा युवायुवतिहरु फस्न गरेकाले विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँहरुले बताएका छन् । जसका लागि पालिहरु सहयोग गर्न तयार रहेका बताएका छन् । कसैको प्रभावमा नपरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गरी काम गर्न पनि आग्रह गरेका थिए ।
प्रहरी नायव उपरीक्षक इकवाल हवारीले समाजलाई हित हुने खालका कार्यहरु गर्न आफू पछि नहट्ने बताएका छन् ।यसअघिका डीएसपी दिलीप कुमार गिरी सरुवा भएर गएपछि हवारी बाजुरा आएका हुन् ।
परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लाछु सार्की, त्रिवेणी नगरपालिकाका प्रमुख कर्ण बहादुर थापा, खप्तड छेडेदहका गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशु नाथ, बडीमालिका नगरपालिकाका प्रमुख नन्दा कुमरी थापा, वडा नं.९ का वडाध्यक्ष सुर्यकिरण विक, ८ का वडाध्यक्ष चन्द्र थापा, विभन्न गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस