बाजुरा : त्रिवेणी नगरपालीका वडा न –१ र २ को वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना र रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा २०८१÷८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएको थियो । वडा १ अध्यक्ष मनबहादुर बुढा, वडा न २ का अध्यक्ष विर बहादुर वि क ले यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो ।
वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै आलोचना र समालोचना गरेका थिए । त्रिवेणी नगरपालिका विकासमा प्रगति भएको भए पनि नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न माग गरेका छन्। नगरप्रमुख कर्ण बहादुर थापाले अढाई वर्षको अवधिमा सडक, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रगति भएको बताए पनि नागरिकहरूको आधारभूत आवश्यकताहरू पुरा नभएको स्वीकार गरेका छन्।
त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भन्डारीले भने कृषि क्षेत्रमा पनि ध्यान दिँदै नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको जानकारी दिए । यस कार्यक्रममा उपप्रमुख कमला न्यौपानेले पालिकाको समृद्धि यात्रामा अघि बढ्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा वडावासिहरुको जम्बो सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण प्रेस युनियनकी अध्क्षय संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस