बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख,स्थानीय तहका जनप्रतिनिधी,विद्यार्थी र पत्रकारहरुसंग लैङ्गिक हिंसा र लागु औषध सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेकाे हाे ।
जिल्लामा हुने महिला माथिका घरेलु हिंसा र युवायुवतीहरु कुलत दुव्र्यशनी न्युनिकरणमा आवश्यक परामर्श र कानुनी प्रावधानका विषयमा सहजीकरण गरेकाे थियाे ।
जिल्लामा घरेलु हिंसाको अवस्था तथा लागु औषध ओसार पसारका कारण अधिकांश युवाहरु कुलतमा फसेको तथ्यांक सहित यि कार्य न्युनिकरणमा सबैको ध्यान दिने गरी सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्लामा पछिल्लो समय महिला माथि हुने हिंसा बढ्दो र लागु औषधको प्रयोग पनि बढ्दै गएकाले यो कार्यमा न्युनिकरणमा स्थानीय तहले विशेष ध्यान दिन जरुरी रहेका कार्यक्रममा सुझाव दिइएको छ ।
अहिले युवाहरु लागु औषध प्रयोगमा बढी देखिएकाले लागु औषध ओसार पसार र प्रयोगमा हुने सजाय र कानुनी उपचारका विषयमा सहजीकरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको लैङ्गिक हिंसा र लागु ओषको अवस्था र यसमा न्युनिकरणको उपाय,कानुनी व्यवस्था लगायतको सहजीकरण गरेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले महिला माथि हुने हिंसाका घटनाको कानुनी उपचार र कानुनले तोक्ने सजाय लगायतको सहजीकरण प्रहरी निरिक्षक जनक बोहराले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर उप प्रमुख नन्दा कुमारी थापा,जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी,सुरक्षाकर्मी,पत्रकार,विद्यार्थी लगायत सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले संचालन गरेको कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा एक सय ५० बढी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस