बाजुरा : त्रिवेणी नगरपालिका वडा न ५ देखि ९ सम्मका कृषकहरुलाई कृषी सामाग्री बितरण गरेको छ । नगरपालीकाको विशेष अनुदान तर्फ उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तिकरण कार्यक्रम अन्तरगत आ.ब.२०८१÷०८२ व्यवसायिक तरकारी पकेट विकास कार्यक्रम रहेको त्रिवेणी नगरपालीका कृषी बिकास शाखाका प्राबिधिक मान बहादुर रावलले बताएका छन् ।
त्रिवेणी नगपालिका वडा नं ५,६,७,८ र ९ व्यवसायीक कृषकहरू लाई विभिन्न तरकारीका विउहरु, गार्डेन पाईप, स्प्रिङ्कलर, जैविक मल सबै वडाका १०० जना,व्यवसायीक कृषकहरुलाई ,पोलिथेन पाईप ,सिचाईका लागि HDPE pipe @) Pd Pd_३५ जनालाई ,टनेल हाउस ५० जना गरि जम्मा १८५ जना प्रत्येक्ष लाभान्वित हुने गरि सबै सामाग्री वितरण गरिएको छ ।
उक्त सामान बितरण कार्यक्रममा नगरप्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला जैशी न्यौपाने,आर्थिक विकास समिति सभापति एवं वडा नं ८ का वडा अध्यक्ष गगनजंग बुढा, वडा नं ९ का अध्यक्ष नन्द ब. थापा, वडा नं ५ अध्यक्ष डिल्ली बुढा, वडा नं ७ कार्यबाहक वडा अध्यक्ष गोपाल चदारा, वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष महेश बुढा र कृषि विकास शाखाका प्राविधिक लगाएत स्थानीयको उपस्थीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस