सोमबार, ३० बैशाख २०८२

९५ लाख नगद सहित चार जना पक्राउ

काठमाडौँ: पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगद सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट श्रोत नखुलेको नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे रहेका छन् । 

उनीहरू माथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस