आइतबार, २३ भदौ २०८१

जिल्ला प्रशासन कार्यालय बाजुराले भन्यो, तीनदिन सजक भएर बस्नुस् !

साउन २७ गते देखी २९ गते सम्म मनसुन सक्रिय रहने

बाजुरा; जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्ला बासिलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रवार एक सुचना जारी गर्दै साउन २७ गते देखी २९ गते सम्म मनसुन सक्रिय रहने भएकाले मनसुनबाट हुने जोखीमबाट सतर्कता अपनाउन आग्रह गरेको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले खोला आसपास पहिरोको जोखीम रहेको ठाउँबाट सुरक्षित ठाँउमा  बस्न सुचना मार्फत भनिएको छ । 

साना तथा ठुला नदिहरुको बहाफ बढ्न सक्ने, दैनिक जनजीवन सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने, केही ठाँउमा भारी वर्षा हुने,भएकोले  जिल्ला बासिलाई सतर्कता अपनाउन अनुरोध गर्दछौँ असतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । 

बाजुरामा दिन प्रतिदिन पहिरोका कारण धेरै ठाँउमा क्षती भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यहिँ कुरालाई मध्यनजर गर्दै जोखिममा रहेका क्षत्रका नागरिकलाई जोखिमबाट बचाउनका लागी पुर्व जानकारी गराएको हो । 

यो हो सुचना ; 

May be an image of ticket stub and text
   

प्रतिक्रिया दिनुहोस