बाजुरा : बाजुरा जिल्लामा रहेको त्रिवेणी नगरपालिका नमुना नगर बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा २०७९ असार १८ गते जननिर्वाचित भएका नगरप्रमुख कर्ण बहादुरा थापाले पद बहाल गरेकै दिन बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका नेपालको एक देवभूमी भएको हुँदा यसलाई नेपालमै नमुनाको रुपमा चिन्ने गरी समृद्ध र सुखि नगरपालिका बनाएर सुदूरपश्चिमकै नमुना नगरपालिका बनाउने घोषणा गरेका थिए ।
त्रिवेणी नगरपालीकामा मदिरा निषेध, नगरमा सडक सञ्जाल, धार्मिक पर्यटनको विकास, विद्यालय गाभ्ने र नमुना बनाउने, एक घर एक धारा, एक घर एक करेसाबारी, शान्त, सुन्दर, सुखी र खुसी नगरबासी भएको समृद्ध त्रिवेणी नगरको पहिलो स्थानीय सरकारले कार्य थालनी गरेको छ । नगर प्रमुख थापा घोषणा र सपना देखेका त्रिवेणीको मुहार भने गरी परिवर्तन हुन लागेको पाइन्छ । बाजुराका अन्य स्थानीय निकायले समेत त्रिवेणी नगरपालिकाको मोडलको सिको गर्न थालेका छन । बिकास निर्माण काम नमुना नगर अभियान अघि बढेको छ नगरप्रमुख थापाले भने हामी पदबहाली गरे दिनदेखि मदिरा, जुवातास बन्द गर्न अभियान त्रिवेणीमा चलायौ, नगरबासीले सुरक्षीत महशुस गरे, पैसा जोगियो, स्वास्थ्यमा सुधार भयो, बचत भएको रकम शिक्षामा लगानी भयो, घरपरिवार व्यवस्थीत भयो, समयको सदुपयोग भयो, नगरबासी खुसी भए, सुखको अनुभूति गरे, सन्तुष्ट पनि भए । घरेलु हिंसामा कमी आयो, छोरी विद्यालय जान थालिन, गृहणी माथिको घरेलु हिंसा अन्त्य बताए ।
नगर प्रमुख थापाले भने कुनै बेला टनकपुर र राजापुरको नुन र घरायसी सामान पिठ्युमा बोकेर जीवन चलाएका त्रिवेणीका जेष्ठ नागरिक, महिला, अपांग, बालबालिका लगायत अधिकांश नगरबासीका ढोकैमा यातायातको पहुँच भए पछि सबै खुसी भएका छन । सडक सञ्जाल बनेकोमा महिला, बालबालिका, बृद्धहरुमा अति नै खुसी छायका छन । नगरप्रमुख थापा प्रत्येक वडा सडक सञ्जाल बिस्तार गर्न डिएफआइडी मार्फत बेलायत सरकारको समेत आफ्नो नगरपालिकामा सहयोग रहेको बताए । घर घरमा सिहदरबार भनेको साच्चै रहेछ त्रिवेणी नगरपालिका वडा न. ९ पैमाका ६५ वर्षका भाङशीह खत्रीले बताए । उनले भने हामीलाई आवतजावत गर्न धेरै सजिलो भएको छ ।
खत्रीले भने ‘यति मात्रै कहाँ हो र ? नगर प्रमुखले भन्नुभएको एक घर एक धारा, एक घर एक करेशाबारी, सबैलाई सफा पिउने पानी, हाइटेक प्रबिधीबाट तरकारी र अन्न खेती, ठूला र बालमैत्री नमूना विद्यालय, पूर्ण सरसफाइयुक्त नगर, बालमैत्री स्थानीय शुसान नगर, अपांगमैत्री भौतिक संरचना, भवन निर्माण आचारसंहिता, नगरका लागि जग्गा व्यवस्थापन, आयआर्जनका कार्यक्रम जस्ता थुप्रै उदाहरणीय काम गछु भनेर चुनावको घोषणा पत्रमा लेखेका थिए ति सबै घोषणा पत्रअनुसार त्रिवेणी नगरपालीका नगर उपप्रमुख कमला न्याैपानेले बताएकी छन् ।
’ नेपालको भूस्वर्ग भनेर चिनिने बडीमालिका, त्रिवेणी, नाटेश्वरी, कैलाश देवताको स्थल भनेर चिनिएको त्रिवेणी मल्लिकागिरी पर्वतको कोखमा अवस्थित छ, सुदूरपश्चिम प्रदेशको आस्थाको धरोहरको बडीमालिका माताको सानिध्यमा त्रिवेणी कैलाशमाडौ, तोली र छतारा जस्ता प्राकृतिक स्रोतका धनी तत्कालिन गाउँ विकास समितिको योग रहेको थियो । बाजुरा जिल्ला मै सबै भन्दा बढी पशुचौपाया पनि त्रिवेणी नगरपालिका मै रहेकाे शिक्षा प्रेमि रतन अएडीले बताएका छन् । त्रिवेणीमा हिन्दूहरुको आस्थाको धरोहर गौपालनलाई पनि बिषेश प्राथमिकता दिइएको छ । सुदूर पश्चिममै त्रिवेणी नगरले गौ प्रजनन र कृतिम गर्भाधान कार्यक्रम सफल र उदाहरणीय रुपमा सञ्चालन गरीरहेको छ । त्रिवेणी नगरपालकिाले पर्तेक वडामा पिच सडक निर्माण कार्य सुर भैरहेको छ । सधन सहरी बिकास कोष वाट मौरे देखि कालापानी हुदै कैलास्मान्डौ जोड्ने सडकको गरावील संगै डब्वल कटीङ् कालो पत्रि बन्नेकाम सुरु भैसकेको भन मौरे, तोली हुदै ,छतारा ,जाने सडक पनि कालो पत्री सुरुहुन लागेको नगर प्रमुख थापा भने साथै त्रिवेणी नगरपाल्किा वडा न ५ किम्नीमा यो बर्षसडक पुगाउने लक्षे भैरहेको बताएका छन् । त्रिवेणी नगरका प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना भइ हाल तिन वटा केन्द्रमा आधुनिक भवनहरुको निर्माण कार्यभै स्वास्थ्य केन्द्र शुचारु भैरहेका छन् ।
त्रिवेणी नगरपालकिामा शिक्षा क्षेत्रमा पनि शुसासन कायम गर्न लागेका बताए । नगरपालिकाका प्रतेक बिधालयमा आधुनिक शिक्षा पर्णली लागु गर्ने गरि प्रतेक बिधालयमा कम्पीटरको बेबस्थापन गरिएको बताए । विकासमा जनसहभागितलाई बढाउदै लगेका छौ, त्रिवेणी बासीको स्थानीय अनुभव, ज्ञान र सिपलाई त्रिवेणीको चौतर्फि बिकासमा लगाउने प्रयास भइरहेकोछ, सामाजिक, सांस्कृतिक र राजनितीक परनिर्भरतालाई हामीले बिस्तारै घटाउदै चाडै स्वनिर्भर त्रिवेणी निर्माण गर्न सफल हुनेछौ । त्रिवेणीले नमुना विद्यालय, नमुना गाउँ, नमुना नगर, नमुना कृषक, नमुना विद्यार्थी, नमुना शिक्षक, नमुना जनप्रतिनिधी, नमुना व्यवसायी, नमुना, समाजसेवी, नमुना सामाजिक संस्था लगायतका दुई दर्जन भन्दा बढी नमुनाका कार्यक्रम बनाइ लागु भैसक्यका छन। सहकारीता र कृषिलाई बिशेष प्राथमिकता दिदै त्रिवेणीले कृषिलाई व्यावसायिक, आधुनिक र बिक्रितुल्य बनाउने प्रयास गरिरहेको छ । सिचाईका लागि भूमिगत सिचाई, पोखरी, लिप्ट, पलाष्टीक पोखरी, स्प्रिङ्कल सिचाईका बैकल्पीक उपाय अपनाएको नगर प्राबिधिक हिमाल रावलले बताए ।
प्रतिक्रिया दिनुहोस