बाजुरा: बुढीगंगा नगरपालीकाले सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ बाजुराको बुढीगंगाले समृद्धिका लागि विकास कचहरी कार्यक्रमको आयोजना गर्ने भएको छ । २०८२ बैशाख २७, २८ र २९ गते बिकाश कचहरी कार्यक्रम गरिने भएको छ । स्वास्थ्य शिक्षा, कृषि, पर्यटन र पुर्वाधार सुरक्षित समृद्ध बुढीगंगा बिकाशको आधार भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिने बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । अबको २० बर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने मुल उदेस्य रहेको सो कार्यक्रममा बाजुराको बिकाशमा यहाँका राजनितीक दलहरुको साझा सहमती र बुझाई लगायतका बिषयमा बहस तथा सबांद कार्यक्रम हुने नगर प्रमुख बानियाले बताए र समृद्धिका लागि विकास कचहरी अवधारणा पत्र बनाई बाजुरा र बुढीगंगा नगरपालिकाको बिकासमा टेवा पुग्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको नगर प्रमुख बानियाले बताएका छन् ।
सो कार्यक्रममा नगरपालिकामा रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अबधारण पत्रका आधारमा संबाद छलफल र बहस गरिने नगर प्रमुख बानियाले बताए । सो कार्यक्रमबाट आगामी आवधिक योजना, वार्षिक कार्यक्रम र बजेट बनाउनमा जनचासो र प्राथमिकता अनुसार तयारी गर्न सहयोग पुग्नुका साथै महिला, दलित, जनजाति, वृद्ध, अपाङ्गता भएका व्यक्ति लगायत सबैको आवाज सुनिश्चित, नगरपालिकाले गरेका काम, चुनौती र उपलब्धिबारे जानकारी दिनु र जवाफदेही बन्नु, निजी क्षेत्र, सहकारी संस्था, विद्यालय, स्वास्थ्य संस्था आदि सरोकारवालासँग समन्वय गरेर साझा लक्ष्य निर्धारण गर्न र थानिय तहको समृद्धि सुनिश्चित गर्न दीर्घकालीन सोच र योजनाहरूको जग बसाल्न सो कार्यक्रम गरिने भएको नगर प्रमुख बानियाले बताएका छन ।
बुढीगंगा नगरपालिकाले १० वर्षीय कार्य योजना तयार गर्न लागेको नगर उप प्रमुख माया खड्का कुवरले बताएकी छन । स्थानीय सरकार, समुदायका सदस्य, नागरिक समाज र अन्य सरोकारवालाबीच सहकार्य गरेर विकास सम्बन्धी निर्णयहरू लिन सहयोग पु¥याउनु यस कार्यक्रमको उदेस्य रहेको उप प्रमुख कुवरले बताएकी छन । विकास योजनाको कार्यान्वयन कत्तिको प्रभावकारी भइरहेको छ भनेर नागरिकले निगरानी गर्न सक्ने वातावरण बनाउनु । स्थानिय तहमा रहेको विकाससम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत बिषयमा छलफल बहस तथा संबाद हुने नगर उप प्रमुख खड्काले बताएकी छन।
त्यसै गरि सो कार्यक्रमबाट नागरिकलाई योजना निर्माण, कार्यान्वयन र मूल्याङ्कन प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन, नीति निर्माताहरू र समुदायबीच संवाद गराई नीति र कार्यान्वयनमा सुधार ल्याउन, सबै वर्ग, समुदाय र क्षेत्रको सहभागिता सुनिश्चित गरेर समावेशी र न्यायपूर्ण विकासलाई प्रोत्साहन गर्न, जनप्रतिनिधि, कर्मचारी, समुदायका अगुवा र सर्वसाधारणबाट प्रत्यक्ष रूपमा स्थानिय समस्याहरू, आवश्यकता र सुझावहरू संकलन गर्नु जस्ता बिषयमा बहस हुने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस